
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा विश्व तावरण दिवसको अवसरमा बृक्षरोपण गरिएको छ । Beat Plastic Pollution अर्थात प्लास्टिक प्रदुषण अन्त्य गरौँ भन्ने मुल नाराका साथ ५ जुन २०२५ का दिन बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा विश्व वातावरण दिवस मनाईएको हो । सो अवसरमा करिव १०० वटा औषधिजन्य बनस्तीका रुपमा प्रचलित मोरिङ्गा बृक्ष बृक्षरोपण गरिएको थियो । बिगत २ बर्ष देखी बर्दिया जिल्लाका सम्पूर्ण स्थानीय तहहरु र मातहतका स्वास्थ्य संस्थाहरुलाई कार्यक्षेत्र बनाई संचालन भईरहेको स्वास्थ्य सवलिकरण परियोजना अन्र्तगतको आर्थिक साझेदारीमा बढैयाताल गाउँपालिकाको आयोजनामा संचालित उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा लगायत सम्पूर्ण कर्मचारीहरु, महिला स्वास्थ्य स्वयमसेविका तथा इन्रुडेक कोहलपुरका अध्यक्ष धर्मलाल रोकाया, आड्रा नेपालका प्रतिनिधी र स्वास्थ्य सवलिकरण परियोजना अन्र्तगतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

