इन्रडेक काेहलपुरकाे सहजिकरणमा गंगादेवी गाउँपालिका राेल्पाकाे सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्र ।

गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी के.सी सभाअध्यक्ष मा भएको कार्यक्रममा प्रमुख अतिथी गा.पा अध्यक्ष हरी बहादुर पुन , प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेत , पत्रकार , नेपाल प्रहरी को उपस्थित रहेको थियो । कार्यक्रमका जबाफकर्ताहरुमा विषयगत शाखाका प्रमुखहरु विच सेवाग्राही र सरोकारवालाहरुले पालिकाबाट प्रवाह गरिएका सेवामा गुनासा,जिग्यासा र सुझावमा दोहोरो संवाद गरिएको थियो। सहजीकरण निकायबाट शोभाराम डागीँबाट का‌र्यक्रमको उद्देश्य तथा महत्व माथि प्रकाश पार्दै शुभारम्भ भएको कार्यक्रममा प्रमुख वक्ता अध्यक्ष पुनले सहभागीबाट आएका बिषयबस्तु सान्दर्भिक भएकाले पालिकाबाट प्रदान गरिने सेवाहरु प्रभावकारी बनाइने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सुवास चन्दले गर्नु भएको थियो। कार्यक्रममा ६९ जनाको सहभागिता रहेको थियो।