बाँकेमा प्रभाबकारी बन्दै सामी परियाेजना

बाँकेमा बिगत तीन बर्ष देखी सञ्चालनमा रहेको सामी परियोजना प्रभावकारी बन्दै गएको छ । बाँकेका चार वटा स्थानीय तहहरूमा (नेपालगञ्ज उप महानगरपािलका, कोहलपुर नगरपािलका, बैजनाथ गाउँपािलका र खजुरा गाउँपालिका) सामी परियोजना सञ्चालन भैइरहेको छ । बिभिन्न क्रियाकलापहरू सन्चालनका क्रममा हालै कोहलपुर नगरपािलका र नेपालगञ्ज उप महानगरपािलकामा सामी परियोजनाको प्रभावकारिताकाे अनुगमन गरिएको थियो ।

नेपालगञ्जमा सामी परियोजनाको मनोपराशर्मका कारणले गर्दा मनिसा (नाम परिवर्तन) को जिवन बाचेको छ । उनको श्रीमानको घाँटीमा माछाको काडाँ अट्केर मृत्यु भएको थियो । त्यसपछि उनको श्रीमानको मृत्यु पश्चात उनी डिप्रेशनमा गरी दुई वर्षसम्म ओछ्यामै थिइन् । परिवारले सामी परियोजनामा कार्यरत पुजा भण्डारीलाई भेटायो । उनले १ वर्षसम्म मनोसामाजिक परामर्श भयो । उनको अहिले सामान्य कामकाज गर्ने र अब मैले पनि केही गर्नुपर्दछ भन्ने सोच बनाएकी छिन् मनिसाले । यो एउटा उदारण मात्र हो । नेपालगञ्जमा ३० वटा महिलाहरुको जिवन नै दान गरेको उदारणीय कामहरु रहेका छन्