बैजनाथ गाउँपालिकामा सुरक्षित आप्रावासन (सामी) परियोजनाको अन्तरक्रिया सम्पन्न

बाँके\बैजनाथ गाउँपालिकामा सुरक्षित आप्रावासन (सामी)  परियोजनाले  निर्वाचित पदाधिकारीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकार र स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हेल्भटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) र वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक  बाँकेको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही दातृय निकायले उपलब्ध गराएको र राज्यको लगानी मार्फत संचालन गरिएको (सामी) परियोजनाले समाजमा ल्याएको उपलब्धी बारे अनुगमन गर्ने इच्छा रहेको बताएका छन।

उनले परियोजनाले संचालन गरेका क्रियाकलापहरुले समाजमा ल्याएको परिवर्तन र कार्यक्रमको उपलब्धी के कस्ता  त्यसको आधारभूत अध्ययन गरी कार्यक्रम बारे आफ्नो धारणातय गर्ने बताए । निवर्तमान स्थानीय सरकारका राम्रा योजनाहरु र उपलब्धीहरु लाई संस्थागत विकास गर्दै लैजाने उनले कार्यक्रममा उल्लेख गरेका छन।

कार्यक्रममा बैजनाथ गाउँपालिका उापध्यक्ष निर्मला रोकाया प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी लेखा अधिकृत वडा अध्यक्ष कार्यापालका सदस्य लगाएतको कार्यक्रममा सहभागिता रहेको थियो । स्वागत मतव्य इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाला रोकायले गरेका थिए ।

कार्यक्रममा (सामी) परियोजना अधिकृत  मिना चौधरीले  जिल्लाका चार स्थानीय तहमा गरेको क्रियाकलाप तथा कार्यक्रमका उपलब्धी बारे जानकारी गराएकी थिइन। त्यसै गरी सामी परियोजनाले संचालन गरेका क्रियाकलाप बारे अनुगमन समेत गरिएको थियो।

परियोजनाले मनोपरार्मश सेवा बैदेशिक रोजगारी प्रवद्र्धनका निम्ति दक्ष जनशक्तिको उत्पादन सुचना प्रणालीको विकास गरेतापनि स्थानीय तहका सरकारहरुले प्रभावकारी नीति तथा बजेट विनियोजन गर्न नसक्दा लाखौ युवा पुस्ता वैदेशिक रोजगारीमा जान बाध्य छन।

बैदेशिक रोजगारीमा सुरक्षित रुपमा आर्थिक वर्ष २०७७।७८  सम्म १ लाख ६६  हजार ६ सय १८ जना बैदेशिक रोजगारीमा गएको नेपाल सरकार सँग आधिकारी तथ्याकं रहेको छ ।   यसरी तथ्याकं आउनुमा सामी परियोजनाको महत्वपूर्ण भूमिका रहेको पाईन्छ। त्यसै गरी बाँके जिल्ला बाट   आर्थिक वर्ष २०७७।७८ मा ५ हजार ३ सय ५२ को संख्या  बैदेशिक रोजगारीमा गएको  तथ्याक प्रस्तुत गरिएको थियो ।