इन्रुडेक कोहलपुरद्धारा बर्दिया जिल्लामा स्वास्थ्य सबलिकरण परियोजना सुरु

वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुर द्धारा बर्दिया जिल्लाका सम्पूर्ण स्थानीय तह अन्र्तगतका स्वास्थ्य संस्थाहरु र जिल्ला अस्पताल बर्दियालाई लक्षित गरी संचालन गर्न लागीएको स्वास्थ्य सबलिकरण परियोजनाको पालिका स्तरीय परिचयात्मक अन्र्तक्रिया कार्यक्रम सम्पूर्ण ८ वटै पालिकाहरुमा सफलताका साथ सम्पन्न गरेको छ । परराष्ट्र मन्त्रालय जापान सरकारको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्धारा संचालन हुन गैरहेको स्वास्थ्य सबलिकरण परियोजना मिति २०२३ मार्च देखी २०२६ फेब्रुवरी सम्म करीब ३६ महिनाको कार्यअबधि रहने र उक्त परियोजनाले बर्दिया जिल्लामा महिला तथा बालबालिकाहरुको पोषण अवस्थाका साथै खानेपानी, स्वच्छता तथा सरसफाईका क्षेत्रमा सकारात्मक योगदान पुर्याई समुदायको स्वास्थ्य अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको कुरा उक्त परियोजनाका फोकल पर्शन तथा संस्थाका कार्यकारी निर्देशक हिरा लाल रानाले बताएका छन् ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fnewsmansarovar.com%2F2023%2F35020%2F%3Ffbclid%3DIwAR3FUAYQ97g1-sgQ7QEQfp_IoSjN8XX-kQ7kO6DJ5C9w-RHlbsBeNE9x1TY&h=AT3hZbWykO2rzE1AqSwEb3aez2OluduZZL_uO40Ln_uEfg4DEq0wEExd1VeUFe_AX-aWn3ty7Vq61eyzFDe08XY_9xm9V-E0_5BVsCDDi45u6uR2wQly6QJ6lIg8sc7Mg7_AJg