

इन्रुडेक कोहलपुरद्धारा संचलित “Championing change: Living in harmony with wildlife in lowland Nepal” परियोजनको परियोजना ब्यबस्थापन इकाई (PMU) काे पहिलाे बैठक बाँके राष्ट्रिय निकुञ्ज कार्यालय ओभरी बाँके मा सम्पन्न भएको गरिएको छ । परियोजनाको लक्ष्य, उद्देश्य, तथा परियोजना अन्र्तगत संचालन गरिने क्रियाकलापहरु तथा रणनिति र परियोजनाको अपेक्षित उपलब्धीका बारेमा प्रस्तुतीकरण तथा बृहत छलफल गरिएको छ ।
उक्त बैठकमा बाँके राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षक अधिकृत, इन्रुडेक अध्यक्ष, इन्रुडेक कार्यकारी निर्देशक, Zoological Society of London का नेपाल प्रतिनिधी, NTNC का प्रतिनिधी र बाँके राष्ट्रिय निकुञ्ज कार्यालय का कर्मचारीहरूसमेतको उपस्थिती रहेको थियो । साथै उक्त बैठकबाट परियोजना संचालन सम्बन्धी बिभिन्न प्रस्ताबउपर छलफल गरी निर्णय पारित गरिएको छ ।