इन्रुडेकद्धारा जाजरकोट भुकम्प प्रतिकार्यको दोस्रो चरण अन्र्तगत नलगाड नगरपालिका वडा नं ८ र ९ मा गैर खाद्य राहात सामाग्री वितरणः

ADRA Nepal संगाको आर्थिक साझेदारीमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) ले जाजरकोट जिल्लामा मिति २०८० साल कार्तिक १७ गते राती ११ः४७ मा गएको भुकम्पका कारण प्रभावितहरुलाई राहात विरणको क्रममा दोस्रो चरण अन्र्तर्गत जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ८ र ९ का ११० घरपरिवारलाई राहात सामाग्री स्वरुप अस्थाई आवास सामाग्रीहरु (त्रिपाल २२० थान, बलांकेट २२० थान, पि.फम म्याटरेस ११० थान र त्रिपाल बाँध्ने डोरी ११० थान) विरण गरेको छ । सो सामाग्रीहरु नलगाड नगरपालिका नगर प्रमुख श्री डम्बर बहादुर रावत ज्यू मार्फत विरण गरिएको थियो । पहिलो चरण अन्र्तगत जाजरकोट जिल्ला बारेकोट गाउँपालिकामा ६५० घरधुरीहरुलाई यस अघीनै वितरण गरिसकेको छ । भने तेस्रो चरण अन्र्तगत न्यानो सामाग्रीहरु (winter Kit) वितरण गर्ने योजना रहेको इन्रुडेक अध्यक्ष धर्म लाल रोकाया ज्यू ले बताउनुभएको छ ।