परियोजना सल्लाहकार समितिद्धारा CLASS परिक्षण परियोजनाको अनुगमन

मिति २०८२ बैशाख १६
गाभर भ्याली लाएन्स पार्कमा संचालन गरिएको एक बर्षे CLASS परिक्षण परियोजनाको परियोजना सल्लाहकार समितिद्धारा अनुगमन भएको छ । नविकरणीया स्वच्छ उर्जा केन्द्रित जिविकोपार्जन र संरक्षणमा सुधार ल्याउने प्रमुख लक्ष्यका साथ Bently र CAF को आर्थिक ब्यबस्थापन तथा Renewable World को नेतृत्वमा राष्ट्रिय साझेदार संस्था वन्यजन्तु संरक्षण संघ नेपाल र स्थानीय साझेदार संस्था वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरद्धारा बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं १ को गाभर भ्याली लाएन्स पार्क र वरपरका समूदायहरुमा केन्द्रित गरिएको थियो ।

उक्त परियोजना अन्तर्गत गाभर भ्याली लाएन्स पार्कलाई सफा, ब्यबस्थित र हराभरा बनाई शैक्षिक स्थलको रुपमा बिस्तार गर्ने, समूदायमा सुधारात्मक बैकल्पिक जिविकोपार्जनका अभ्यासहरु अवलम्वन गराउने र मानव वन्यजन्तु सहअस्तित्व निर्माणका लागी रणनैतिक अभ्यासहरु अवलम्वन गराउने उद्देश्य राखेको थियो । जस अन्र्तगत लाएन्स पार्क होमस्टे र वरपरका समूदायहरुमा केही परिक्षणात्मक क्रियाकलापहरु सम्पन्न गरिएका छन् । गाभर भ्याली लाएन्स पार्कलाई पार्कलाई सफा, ब्यबस्थित र हराभरा बनाई शैक्षिक स्थलको रुपमा बिस्तार गर्नका लागी पार्क भित्र, १२०० वटा बृक्षारोपण, नर्सरी निर्माण तथा ब्यबस्थापन, फोहोर ब्यबस्थापनका लागी डस्टविनहरु खाने पानी तथा सरसफाईका तथा सिंचाईका लागी १० हजार लिटर क्षमताको स्टेनलेस स्टिल पानी टेयांकी जसलाई जमिनबाट १२ मिटरको स्टिल टावरमा स्थापना गरिएको छ भने ९४ मिटर गहिराईबाट डि.टि.एच प्रणालीबाट २.५ किलो वाट क्षमताको समरसेभल प्रयोग गरी पानी निकालिएको छ भने उक्त समरसेभल संचालनका लागी ५.९ किलो वाटको सोलार सिस्टम जडान गरिएको छ र उक्त संरचनाहरुको सुरक्षाको लागी ६४ मिटरमा तारजी समेत लगाईएको छ । हाल लाएन्स पार्कमा ११ वटा खानेपानी र ७ वटा सिंचाईका लागी जम्मा १८ वटा धाराहरु र पार्कभित्रको २ वटा सौचालयहरुमा समेत पानी जडान गरिएको छ ।

त्यसैगरी समुदायहरुको बनमा अश्रित जिविकोपार्जन कम गर्नका लागी ३ वटा बायोग्याँस प्लान्ट निर्माण, २५ वटा बिद्युतिय चुलो वितरण, २५ वटा सुधारिएको बाख्राको खोर निर्माण गाड्यौली मल निर्माणका लागी तालिम तथा ब्यबस्थापन जस्ता क्रियाकलापहरु गरिएका छन् । त्यसैगरी मानव बन्यजन्तु द्धन्द न्युनिकरण गरी सहअस्तित्व स्थापनका लागी १० वटा बिद्यालयहरुमा इको क्लबहरु गठन गरी बिद्यार्थीहरुलाई मानव बन्यजन्तु द्धन्द न्युनिकरण सम्बन्धी अभिमुखिकरण, जोखिम क्षेत्रहरुमा २८ वटा सोलार ल्याम्प पोस्ट समेत स्थापन गरिएको छ ।


उक्त अनुगमन पश्चात गरिएको समिक्षा बैठकमा समितिका पदाधिकारीहरु तथा लाभान्वित समुदायहरु मार्फत सो परियोजना अन्र्तगत सम्पन्न गरिएका क्रियाकलापहरु गाभर क्षेत्रको आबश्यकता अनुरुप रहेको र तारिफयोग्य कार्यहरु भएको कारण उक्त परिक्षण परियोजना पुर्ण रुपमा सफल भएको समेत निश्कर्ष गरिएको छ । साथै उक्त परिक्षण परियोजनाको प्रभावकारीतालाई विस्तार गर्न र संचालित गतिविधिहरुको दिगो ब्यबस्थापनका लागी स्थानीय सरकार तथा सरोकारवालाहरुसंग हातेमालो गरी बिस्तृत पारियोजना संचालनका लागी समेत सल्लाह दिईएको छ ।