बर्दियाको मधुवनमा विविध कार्यक्रम गरि विश्व बालबालिका दिवस २०२३ मनाईयो ।

बर्दिया जिल्ला मधुवन नगरपालिकाको सानोश्री स्वास्थ्य चौकीमा विविध कार्यक्रम गरि बिश्व बाल दिबस २०२३ मनाईयो । ‘प्रत्येक अधिकार, हरेक बालबालिकाका लागी’ भन्ने मुल नाराका साथ नेपालभर विश्व बालबालिका दिवस २०२३ मनाईएको छ । विश्व बालबालिका दिवसको अवसरमा बर्दियाको मधुवनमा समारोह तथा प्रभात फेरी कार्यक्रम गरि मनाईएको छ ।
बालबालिकाका अधिकार सम्बन्धि सचेतनामुलक प्लेकार्ड देखाएर प्रभातफेरी पनि निकालिएको थियो । प्रभातफेरीमा सहभागिहरुले प्रत्येक अधिकार, हरेक बालबालिकाका लागी, अठार वर्षमुनिका हामी बालबालिका,सबै बालअधिकार हाम्रो अधिकार, भेदभाव जति सबै निराधार, संरक्षण पाउनु हाम्रो अधिकार, बालबालिकाको सर्वोत्तम हित यसैमा हुन्छ सबैको जित, सरकार, बुवाआमा हाम्रा गुरूहरू हाम्रो उमेर क्षमतालाई ध्यान दिनु बरू जस्ता नाराहरु लेखीएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
जापान सरकार परराष्ट्र मन्त्रालयको आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) द्धारा बर्दिया जिल्लामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजना अन्र्तगत विश्व बालबालिका दिवको अवसरमा प्रभातफेरि कार्यक्रम आयोजना भएको परियोजना संयोजक तर्क बहादुर थापाले बताए । ‘स्थानीय सरकारसंगको समन्वयमा सञ्चालन गरिने यस्ता कार्यक्रमहरु धेरै महत्वपुर्ण हुन्छन संयोजक थापाले भने,‘बालबालिकाका अधिकारका क्षेत्रमा स्थानीय तहको जवाफदेहिता र सहभागीता अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दछ ।
मधुवन नगरपालिकाका सानोश्री स्वास्थ्य चौकीकोे सभाहलमा आयोजित समारोह कार्यक्रम नगरपालिका प्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मधुवन नगरपालिकाका वडा न–६ का अध्यक्ष चन्द्र सिंह गुरुङ, स्वास्थ्य शाखा प्रमुख गिता घिमिरे, गुँरास बिद्यालयका प्र.अ. केशव पौडेल, अरनिको ईङ्गिस प्र.अ.भरत महतरा स्वास्थ्य चौकी प्रमुख गोविन्द राज गिरी र बिद्यालयका बिद्यार्थिहरुको साथै बातावरण तथा ग्रामिण विकास केन्द्र(इन्रुडेक) का अध्यक्ष धर्मलाल रोकायाको सहभागीता रहेको थियो भने सो कार्यक्रमको संचालन इन्रुडेक का प्राविधिक सहायक द्रोणराज उपाध्याय द्धारा गरिएको थियो ।