
नेपाल सरकारद्धारा किशोरीहरु र गर्भवती महिलाहरुलाई निशुल्क वितरण गर्दै आईरहेको आइरन फोलिक एसिटड ट्याब्लेटहरु बर्दिया जिल्लका तीन पालिकामा पूर्णरूपमा अभाव भएको र बाँकी पाँच पालिकामा पनि हाल रहेको स्टक यो महिनाभित्रै म्याद समाप्त हुने अवस्थामा पुगेको र उक्त अभावले बर्दिया जिल्लाका १८०० भन्दा बढी गर्भवती महिला र सयौँ किशोरीहरूको पोषण सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको ब्यहोरा सहित तत्कालीन संकट समाधानको लागि स्वास्थ्य कार्यालय बर्दिया मार्फत ADRA/ENRUDEC लाई औपचारिक अनुरोध गरेको संगै मिति २०८२ असार २० गते स्वास्थ्य कार्यालय बर्दियालाई तत्कालीन संकट समाधानको लागि १० लाख आइरन फोलिक एसिड ट्याब्लेटहरु हस्तान्तरण गरिएको थियो । साथै उक्त हस्तान्तरण गरिएको आइरन फोलिक एसिड ट्याब्लेटहरु एथासिघ्र सम्बन्धीत पालिकामा पुगोस भन्ने हेतुका साथ स्वास्थ्य कार्यालय बर्दिया संगको समन्वयमा ८ वटै पालिकाहरुमा सम्बन्धित पालिकाको आबश्यकता अनुसारको परिमाणका आइरन फोलिक एसिड ट्याब्लेटहरु मिति २०८२ असार २२, २३ र २४ गते हस्तान्तरण गरिएको छ । यस सगै ADRA/ENRUDEC विश्वास छ कि यस प्रकारको सहकार्यले बर्दियामा मातृ तथा किशोरी स्वास्थ्यको सुधारमा ठोस योगदान पुर्याउनेछ र भविष्यमा यस्ता संकटहरू समाधान गर्न सरकारी र गैरसरकारी संरचनाबीचको समन्वयलाई अझ मजबुत बनाउनेछ।








