‘स्वाथ्यमा सर्वव्यापी पहुँच दिवस २०२३ काे अवसरमा प्रभातफेरी

मंगलबारका दिन देशका विभिन्न भागहरुमा विविध कार्यक्रमहरु सहित ‘स्वाथ्यमा सर्वव्यापी पहुँच दिवस २०२३’ (Universal Health Coverage Day २०२३)  मनाइएको छ। ‘Health for All: Time For Action’ भन्ने मूल नाराका साथ नेपालका विभिन्न क्षेत्रमा यो दिवस मनाइएको छ । यसै बिच बर्दिया स्थित बढैयाताल गाउँपालिकामा पनि ‘स्वाथ्यमा सर्वव्यापी पहुँच दिवस’ विविध कार्यक्रमहरुको आयोजना गरि मनाईएको छ । दिवसका अवसरमा बढैयाताल गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको समारोह तथा प्रभातफेरि कार्यक्रममा गाउँपालिका अध्यक्ष, कार्यपालिकाका पदाधिकारीहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु सहित विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहेको थियो । स्थानीय मैनापोखर बजारमा आयोजित ‘स्वाथ्यमा सर्वव्यापी पहुँच दिवस’ विशेष समारोह स्थानीय तहका सामाजिक विकास समिति संयोजक श्री तुलाराम चौधरी ज्युको अध्यक्षतामा तथा अध्यक्ष श्री हिमालय त्रिपाठी ज्युको प्रमुख आथित्यमा सम्पन्न भएको हो । समारोह कार्यक्रममा उपाध्यक्ष श्री लक्ष्मी कुमारी अधिकारी, प्रमुख प्रशासकिय अधिकृत श्री अर्जुन सुवेदी लगायत सम्पूर्ण बिषयगत समिति संयोजकहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमूखहरु तथा स्थानिय नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरुको सक्रिय सहभागीता रहेको थियो ।

परराष्ट्र मन्त्रालय जापानको आर्थिक सहयोगमा आड्रा नेपालद्धारा स्थानीय साझेदार संस्था इनरुडेक संगको सहकार्यमा बर्दिया जिल्लामा कार्यान्वयन भईरहेको स्वास्थ्य सबलीकरण परियोजनाको सहयोगमा बढैयाताल गाउँपालिकामा ‘स्वाथ्यमा सर्वव्यापी पहुँच दिवस २०२३’ अवसरमा समारोह तथा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो ।  “स्थानीय स्वास्थ्य प्रणालीको सुदृधिकरणका लागि  स्थानीय सरकार संगको समन्वयमा सञ्चालन गरिने यस्ता कार्यक्रमहरुले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गरि सर्वसाधारण जनताको आधारभूत तथा प्राथमिक स्वाथ्य सेवामा पहुँचका साथै गुणस्तरीय स्वास्थ्यको उपलब्धता सुनिश्चित गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्दछन् ।” परियोजना संयोजक तर्क बहादुर थापाले भन्नुभयो ।  

मूल समारोहमा मन्तव्य व्यक्त गर्दै बढैयाताल गाउँपालिकाका अध्यक्ष श्री हिमालय त्रिपाठीले गाउँपालिकाको वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता सहित कार्यक्रमहरु विनियोजन गरिएको जानकारी दिनुभयो साथै आगामी वर्षहरुमा स्थानीय बजेटमा स्वास्थ्यलाई थप प्राथमिकतामा राख्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन इनरुडेकका प्राविधिक सहायक द्रोण राज उपाध्यायले गर्नु भएको थियो ।

। विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित पछिल्लो तथ्यांक अनुसार नेपालमा Universal Health Coverage अन्तर्गतका स्वास्थ्य सेवाहरुको प्रगति इन्डेक्स जम्मा ५९ प्रतिशत मात्र रहेको छ । नेपालमा पछिल्ला वर्षहरुमा स्वास्थ्य क्षेत्रमा लगानी घट्दै गरेको परिप्रेक्ष्यमा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रका आवश्यकता र समस्याहरुलाई सम्बोधन गर्दै अगाडी बढ्नुपर्ने देखिन्छ