
लाएन्स पार्क गाभरमा खानेपानी, सरसफाई तथा सिचाई प्रयोजनका लागी सोलार लिफ्टिङ्ग ओभरहेड खानेपानी ट्यांकी स्थापना गरिएको छ । उक्त नवनिर्मित योजना मिति २०८२ बैशाख १६ गते बैजनाथ गाउँपालिकाका अध्यक्ष श्री प्रकाश बहादुर शाही ज्यूको प्रमुख आतित्थ्यतामा उत्घाटन तथा हस्तान्तरण कार्यक्रम आयोजना गरी स्थानीय सरकार र बाँके राष्ट्रिय निकुञ्जको रोहवरमा इन्रुडेकद्धारा लाएन्स पार्क लाई हस्तान्तरण गरिएको छ ।


Bently र CAF कोआर्थिक ब्यबस्थापन तथा Renewable World को नेतृत्वमा राष्ट्रिय साझेदार संस्था वन्यजन्तु संरक्षण संघ नेपाल र स्थानीय साझेदार संस्था वातावरण तथा ग्रामीण विकास केन्द्र (इन्रुडेक) कोहलपुरद्धारा बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नं १ को गाभर भ्याली लाएन्स पार्क र वरपरका समूदायहरुलाई लक्षित गरी संचालन गरिएको CLASS परियोजना अन्र्तगत गाभर भ्याली लाएन्स पार्कमा सोलार लिफ्टिङ्ग ओभरहेड खानेपानी ट्यांकी स्थापना गरिएको हो ।


कुल लागत रु ५३,८७,८६९.०० मा सम्पन्न भएको उक्त योजना अन्तर्गत १० हजार लिटर क्षमताको स्टेनलेस स्टिल पानी टेयांकी जसलाई जमिनबाट १२ मिटरको स्टिल टावरमा स्थापना गरिएको छ भने ९४ मिटर गहिराईबाट डि.टि.एच प्रणालीमा २.५ किलो वाट क्षमताको समरसेभल प्रयोग गरी पानी निकालिएको छ भने उक्त समरसेभल संचालनका लागी ५.९ किलो वाटको सोलार सिस्टम जडान गरिएको छ र उक्त संरचनाहरुको सुरक्षाको लागी ६४ मिटरमा तारजी समेत लगाईएको छ । हाल लाएन्स पार्कमा ११ वटा खानेपानी र ७ वटा सिंचाईका लागी जम्मा १८ वटा धाराहरु र पार्कभित्रको २ वटा सौचालयहरुमा समेत पानी जडान गरिएको छ । उक्त योजना बाट गाभर भ्याली लाएन्स पार्कलाई सफा, हराभरा बनाउनाउनुका साथै शैक्षिक हवको रुपमा विकास भई पर्यटकहरुलाई थप आकर्षित गर्नमा टेवा पुग्ने बिश्वास गरिएको छ ।