SUCCESS STORY OF NILAM PARIYAR

SUCCESS STORY OF NILAM PARIYAR


मेरो नाम निलम परियार हो ।म कोहलपुर नगरपालिका वडा नं १ मा बस्छु । मेरो परिवार ५ जनाको छ जसमा हामी दुइ श्रीमान श्रीमती र ३ जना छोरा छोरी छौं । श्रीमानले सामान्य मजदुर काम गर्नुहुन्छ भने म घरमै गृहिणी भई काम गर्थे । मलाई बाहिरी वातावरणको बारेमा कुनै जानकारी थिएन । श्रीमानले मजदुरी गरेर ल्याएको पैसाले हामी ५ जनाको परिवार पालिएका थियौं । हामीसंग प्रशस्त मात्रामा जग्गा जमिन नभएकोले जिवन निर्वाह गर्न निकै मुश्किल भएको थियो । आज भोलि जुन स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम अन्तर्गत जिविकोपार्जन सुधार कार्यक्रम र नगरिक सचेतना केन्द्र सञ्चालनमा आयो त्यसपछि हाम्रो टोलमा बढि गरिब र दलितहरु भएको बस्ति छनौट भयो । अति बिपन्न टोल बस्तिमा एक कक्षा सञ्चालन हुदो रहेछ । सो कक्षा सञ्चालन हुन थालेपछि मेरो जिवनमा धेरै परिवर्तन भएको छ। धेरै भन्दा धेरै ज्ञान, धारणा, सिप र सचेतनाको बारेमा जानकारि लिने अवसर प्राप्त भयो । मेरो मात्र होइन कि हामी ना.स.के.का सबै ३० जना सदस्यको जिवनमा धेरै फेरबदल भएको छ । झन त्यसैमा जिविकोपार्जन सुधार कार्यक्रमबाट रु. २०००० ( बिस हजार ) बंगुर पालन भनि आएको बजेटबाट २ वटा बंगुरहरु खरिद गरी त्येसको राम्रोसंग रेखदेख र लालन पालन गरी त्यस बाट ४ वटा पाठा भई एक बर्ष भित्र रु ५०००० ( पचास हजार ) आम्दानी भई मेरो जिवनमा धेरै भन्दा धेरै खुशीयाली छाएको छ । छोराछोरी बोर्डिंग पढ्न लागेका छन्। घरमा पनि पैसाको अभाव भएको छैन । अहिले १ बंगुर बेचेर रु. १७००० को आम्दानी हुन्छ । बंगुर खोर पनि कहिलै खालि हुदैन । जिन्दगीमा सफलता छाएकोले मनमा शान्ति भएको छ।